१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ बैशाख १३ शनिबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार

इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

Read Time : < 1 मिनेट
२०७७ बैशाख १३ शनिबार १५:२५:००

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान शनिबारदेखि सुरु भएको छ। एक महिनासम्म मनाइने रमजानमा दिनभर निराहार ब्रत अर्थात् रोजा (उपवास) बसेर नमाज पढ्ने गरिन्छ। 

रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी संवत् १४४० हो। रमजान नवौँ महिना हो । रमजानमा दिनभर अन्न र पानीसमेत नखाई उपवास बस्ने र ब्रह्मचार्यमा रहनुपर्ने परम्परा छ। यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नखाई ब्रत बस्ने प्रचलन छ।

रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु पनि हो। रमजानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड– १९) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीले घरमै बसेर नमाज पढ्ने भएका छन्। लकडाउनका कारण यस वर्ष मस्जिदहरू सुनसान देखिन्छन्।

शनिबार काठमाडौंको घन्टाघरस्थित नेपाली जामे मस्जिद पनि सुनसान छ। मस्जिदभित्रै बस्ने केही धर्मगुरु र कर्मचारीले सामाजिक दूरी कायम गर्दै नमाज पढेका नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिए।

‘कोरोन भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै सबैलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छौँ,’ उनले भने, ‘लकडाउनको पूर्ण पालना नै यतिवेलाको मुख्य कार्यभार हो।’ उनले लकडाउनले अप्ठ्यारोमा परेका नागरिकलाई राहत वितरण गरिएको बताए।