मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका सल्यान
२०७७ बैशाख १३ शनिबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार

सल्यानमा विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सल्यान
२०७७ बैशाख १३ शनिबार ११:४७:००

विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई सल्यानबाट प्रहरीले पक्राउ गरेको छ । 

कुमाख गाउँपालिका– २ स्विकोटनिवासी ४६ वर्षीय भीमबहादुर रावतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

गत असोज १७ गते उनको घरमा पेस्तोल फेला परेपछि उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दायर भएको थियो । 

सोही आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । 

पुरानो मुद्दा भएकाले रावतलाई लकडाउनको समयमा घरमा लुकी बसेको सूचनाको आधारमा नियन्त्रणमा लिएको उनले बताए ।