सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
सरिश्मा अमात्य, गायिका
२०७७ बैशाख १३ शनिबार १०:३५:००
सप्तरंग

क्वारेन्टाइनमा कलाकार : घरभित्रै तयार भयो म्युजिक भिडियो !

२०७७ बैशाख १३ शनिबार १०:३५:००

गायिका सरिश्मा अमात्य लामो समयदेखि श्रीमान् तथा गायक संजिप प्रधानसँगै अमेरिकाको मेरिल्यान्डमा बस्दै आएकी छिन् । ५ मार्चमा मेरिल्यान्डमा पहिलोपटक कोभिड–१९ का बिरामी भेटिए । कोरोना संक्रमण फैलिने क्रम बढेपछि मेरिल्यान्डमा पनि लकडाउन आदेश जारी भयो ।

एक महिनाभन्दा लामो लकडाउनका कारण डिप्रेसनमै पनि पुग्न लागेकी थिइन् सरिश्मा । घरभित्रै कैद दिनचर्याकै क्रममा उनलाई केही नयाँ सिर्जनात्मक काम गर्ने आइडिया फु-यो । श्रीमान्–श्रीमती दुवैले कुनै गीतको भिडियो तयार पार्ने योजना बनाए । र, गीत छनोट गरे, ‘ढुकढुक गर्ने दिलैमा तिमी बस्यौ रे’ । कुनै व्यावसायिक भिडियो निर्देशक या सम्पादक पनि चाहिएन उनीहरूलाई । आफ्नै घरभित्र खिचिएको भिडियो १८ अप्रिलमा सार्वजनिक गरे । भिडियोमा सरिश्मालाई नै फिचर्ड गरिएको छ ।

‘कोरोनाको कहरमा विश्व नै पिल्सिएका वेला साढे तीन मिनेट भए पनि दर्शकको मनबाट त्रास हटाउने हाम्रो प्रयास हो,’ उनी भन्छिन् । फेसबुक पेजमार्फत गीत सार्वजनिक भएयता पाएको दर्शकको सकारात्मक प्रतिक्रियाबाट उनी उत्साहित छिन् । भन्छिन्, ‘संगीत क्षेत्रमा केही वर्षयता सक्रिय हुन सकेकी थिइनँ र यस क्षेत्रबाट टाढिएकी पनि छैन, पछिल्लो प्रयास त्यसैको उदाहरण हो ।’ दुवै पति–पत्नी अमेरिकामा हुने नेपाली सांगीतिक कार्यक्रममा सहभागी हुने गरेका छन् । स्वास्थ्यप्रति निकै सचेत र संवेदनशील छिन् उनी । 

कोरोना भाइरसको संक्रमण सर्ने त्रासका कारण उनी अझ सचेत भएकी छिन् । ‘लकडाउनसँगै घरबाट बाहिर निस्किएको छैन,’ उनी भन्छिन् । तरकारीलगायत दैनिक उपभोग्य सामान खरिद गर्न संजिप जाने गरेका छन् । बाहिरबाट ल्याइएका सामग्रीलाई राम्ररी स्यानिटाइज्ड गरेर मात्र प्रयोग गर्ने बानी बसालेकी छिन् सरिश्माले । घरभित्रै व्यायाम, नाचगान र सरसफाइ गर्दै समय कटाइरहेका छन् उनीहरूले ।

टाढा रहँदा देशको माया अझ बढी आउने उनी बताउँछिन् । नेपालमा बनेका म्युजिक भिडियो, वृत्तचित्रलगायतमा देखिने प्राकृतिक दृश्यले कहिले स्वदेश फक्र्यौँजस्तो हुटहुटी जगाउने उनको अनुभव छ । अझ यस्तो विपत्को घडीमा परिवार र आफन्तको चिन्ता लागिरहेको छ । भन्छिन्, ‘नेपाल नआएको तीन वर्ष हुन लागेछ, लकडाउनलगत्तै काठमाडौं पुग्ने योजनामा छौँ ।’