मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख १३ शनिबार ०७:२२:००
Read Time : > 1 मिनेट
समाचार

भूकम्प गएको पाँच वर्ष बित्दा लमजुङमा ५० प्रतिशत मात्र पुनर्निर्माण

Read Time : > 1 मिनेट
२०७७ बैशाख १३ शनिबार ०७:२२:००

लकडाउनले रोकियो पुनर्निर्माण

लकडाउनसँगै जिल्लामा पुनर्निर्माणका काम रोकिएका छन् । ०७२ को भूकम्पले लमजुङमा १४ हजार पाँच सय ७४ निजी घर भत्किएका थिए । लकडाउनका कारण निर्माण सामग्रीको ढुवानी नभएको र कामदार पनि फिर्ता गएपछि पुनर्निर्माणका सबै काम ठप्प भएको छ । 

जिल्लाका विभिन्न ठाउँमा भएका पुनर्निर्माणको काम चैत १२ यता ठप्प भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख जगदीश मिश्रले बताए । 

भूकम्पको पाँच वर्ष बित्दा जिल्लाभर ५० प्रतिशत मात्र निजी आवास पुनर्निर्माणको काम सकिएको छ । १४ हजार पाँच सय ७४ लाभग्राहीमध्ये ६ हजार एक सय ८६ जनाले तेस्रो किस्ताको रकम बुझिसकेका छन् । 

नाै हजार दुई सय ४३ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय) लमजुङले जनाएको छ । 

कार्यालयका प्रमुख मिश्रका अनुसार १३ हजार सात सय ५४ जनाले पहिलो किस्ता लिएका छन् ।  कामदार र निर्माण सामग्री अभावमा पुनर्निर्माण प्रभावित बनेको इकाइप्रमुख मिश्र बताउँछन् । 

‘लकडाउनले निर्माण सामग्री ढुवानी हुन सकेको छैन,’ उनले भने, ‘बन्दाबन्दैका घर पनि बीचमै रोकिएका छन् ।’ असारसम्म निजी आवासलाई पूर्णता दिने लक्ष्यलाई लकडाउनले प्रभाव पारेको उनको भनाइ छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । दुधपोखरी गाउँपालिकामा दुई हजार चार सय ४७ घर पूर्ण क्षति भएको थियो । जसमध्ये दुई हजार तीन सय ५६ लाभग्राहीले पहिलो किस्ता लिएका छन् भने एक हजार नाै सय ३६ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । त्यस्तै, एक हजार एक सय ३२ भूकम्पपीडितले तेस्रो किस्ता लिइसकेको आयोजनाका प्रमुख मिश्रले बताए ।