मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ११ बिहीबार २१:४९:००
Read Time : < 1 मिनेट
अर्थ

खाँदबारीमा मजदुरी गर्ने एक सय विपन्न परिवारलाई खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
२०७७ बैशाख ११ बिहीबार २१:४९:००

संखुवासभाको सदरमुकामस्थित खाँदबारी नगरपालिका– १ मा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका एक सय विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र जिल्ला समन्वय समितिका सभापति सुमन शाक्यले संयुक्त रूपमा खाद्यान्न राहत वितरण गरेका हुन् । राहतमा प्रतिपरिवार २५ केजी चामल, एक केजी नुन, एक केजी दाल, एक लिटर तेल र एक प्याकेट न्युटेला वितरण गरिएको छ ।

हिमाली पहुँच केन्द्रका अध्यक्ष फुर्ववाङ्जुक भोटेले दैनिक मजदुरी गरेर पेट पाल्दै आएका विपन्न परिवारको तथ्यांक संकलन गरेर उनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको बताए । राहत वितरणको तथ्यांक संकलन गर्दा यसअघि छुटेका र लकडाउनका कारण मजदुरी गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्न नै समस्या भएका परिवार छनाेट गरिएको पूर्वराज्यमन्त्री गुरुङले बताए ।

हिमाली पहुँच केन्द्रले यसअघि काठमाडौंमा पनि मजदुरी गर्ने संखुवासभाका १९ परिवारलाई खाद्यान्न सहयोग गरेको थियो । केही समयपछि नै खाँदबारी नगरपालिकाको वडा नं. ३ र ७ मा खाद्यान्न सहयोग गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ । केन्द्रले जिल्ला समन्वय समिति र स्थानीय सरकारसँग सहकार्य गरेर मात्रै राहत वितरण गर्ने गरेको अध्यक्ष भोटेले बताए ।