मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ बैशाख ११ बिहीबार २१:४४:००
Read Time : < 1 मिनेट
समाचार

संखुवासभाका १० स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

Read Time : < 1 मिनेट
२०७७ बैशाख ११ बिहीबार २१:४४:००

कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरिरहेको समयमा अझै प्रभावकारी रोकथामका लागि संघीय सांसद राजेन्द्र गौतमले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य गौतमले जिल्लाका १० वटै स्थानीय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । बिहीबार एक कार्यक्रमबीच खाँदबारीमा कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई पिपिई सेट, स्यानिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री जिल्लामा अभाव हुन नदिन व्यक्तिगत खर्चमा आफूले स्वास्थ्य सामग्री उपलब्ध गराएको गौतमले बताए । गौतमले सात हजार सर्जिकल माक्स, ६० थान एन ९५ माक्स, ८४ थान पिपिई सेट, २२ लिटर स्यानिटाइजर, दुई सय ५० थान ग्लोब्स, ४० थान चस्मा र ४० थान गाउन उपलब्ध गराएको बताए । 

सांसद गौतमले सुरक्षाकर्मीहरू २४सै घन्टा फिल्डमा खटिरहनुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई एक हजार थान सर्जिकल माक्स हस्तान्तरण गरे । उक्त माक्स विराट अस्पतालसँग समन्वय गरेर ल्याएकोसमेत उनले बताए । 

त्यस्तै प्रदेश सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेश सरकारले जिल्ला अस्पताललाई पाँच सय थान ग्लोब्स, दुई सय थान सर्जिकल माक्स, दुई थान थर्मलगन उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालयलाई पाँच थान थर्मलगन, पाँच सय ग्लोब्स, तीन सय थान सर्जिकल माक्स, २५ थान पिपिई सेट, ५० थान किट उपलब्ध गराएको एक नम्बर प्रदेश सामाजिक विकास समितिका सभापति सरिता थापा खड्काले जानकारी दिइन्