मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:११:००
Read Time : < 1 मिनेट
सेयर बजार

आठ महिनामा नेप्सेमा ४ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:११:००

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गत फागुन मसान्तसम्ममा ४ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको आठ महिनाको तथ्यांकअनुसार सूचीकृत सेयरको चुक्ता मूल्य ४ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । 

यस्तै, चालू आवको आठ महिनामा २५ अर्ब ५५ करोडबराबरको सेयर लाभांश, २१ अर्ब ४६ करोडबराबरको ऋणपत्र, १२ अर्ब १६ करोडबराबरको साधारण सेयर, ५ अर्ब ७५ करोडबराबरको सामूहिक लगानी कोष, ४ अर्ब ११ करोडबराबरको हकप्रद सेयर र ११ अर्ब ८३ करोडबराबरको अन्य कम्पनीको गरी कुल ८० अर्ब ८६ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ४५ करोडबराबरको ऋणपत्र, ४ अर्ब ४१ करोडबराबरको हकप्रद सेयर, २ अर्ब ७५ करोडको साधारण सेयर र १ अर्बको सामूहिक लगानी कोष गरी २९ अर्ब ६२ करोड रुपैयाँबराबरको धितोपत्र निष्कासन गर्ने अनुमति दिएको छ ।