मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कास्की
२०७७ बैशाख ११ बिहीबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ

दुई बैंकले दिए पोखरा महानगरलाई खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७७ बैशाख ११ बिहीबार ०६:०६:००

एनएमबि बैंक र प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना संक्रमण कोभिड–१९ महामारीविरुद्धकोे लकडाउनका करण खाद्यान्न अभाव भएकाहरूलाई वितरणका लागि दुई बैंकले खाद्यान्न सहयोग गरेका हुन् ।

एनएमबि बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले ७ सय ५० किलो चामल र २ सय ५० किलो दाल पोखरा महानगरपालिकालाई सहयोग गरेको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी, प्रभु बैंकले २ लाख मूल्यबराबरको खाद्यान्न सामग्री महानगरलाई सहयोग गरेको हो । महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई बैंकका तर्फबाट बैंकका क्षेत्रीय प्रबन्धक शान्ति शेरचनले सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।