मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका बुटवल
२०७७ बैशाख १० बुधबार १७:०६:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ५ सरकारले तय गर्‍यो ७७ सालका बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७७ बैशाख १० बुधबार १७:०६:००

प्रदेश ५ सरकारले ०७७ सालमा प्रदेशमा लागू हुने बिदासम्बन्धी निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारकोे बैठकले ०७७ सालमा प्रदेशले दिने ६ दिनको बिदासम्बन्धी निर्णय गरेको छ । जसमा प्रदेशभरिका बिदा चार दिनका हुनेछन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार बैठकले बकरइदमा एक दिन, माघी बिदा माघ १ र २ गते गरी २ दिन र प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन गरी चार दिन बिदा दिने निर्णय गरेको छ । त्यस्तै स्थानीय तहले एक दिन स्थानीय तहको निर्णयबाट बिदा दिन सक्नेछन् । 

निश्चित पर्व मनाउने समुदाय र ठाउँमा दिनेसम्बन्धी पनि बैठकले निर्णय गरेको छ । जसमा भूमेपूजा रुकुम र रोल्पामा, बडकवा अतवारी थारू समुदायलाई र भगवती जात्रामा पाल्पा जिल्लामा बिदा हुनेछ । 

बैठकले कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक काम गर्न प्रदेश विपत् व्यवस्थापन कोषमा रहेको रकमबाट जिल्ला विपत् व्यवस्थापन समितिलाई रकम दिने निर्णय पनि गरेको छ । जसमा तराईका जिल्लालाई आठ लाख र पहाडी जिल्लालाई पाँच लाख रुपैयाँ दिने निर्णय भएको छ ।

बैठकले बालरोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णय पनि गरेको छ ।