१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख १० बुधबार १५:४९:००
Read Time : < 1 मिनेट
समाचार

मुगुका वडाध्यक्षले रोकेको ६ सय क्विन्टल चामल ढुवानी सुरु

Read Time : < 1 मिनेट
२०७७ बैशाख १० बुधबार १५:४९:००

मुगु छायानाथ रारा नगरपालिका– १४ का वडाध्यक्षले हुम्ला आउन नदिएर रोकेको चामल आजबाट ढुवानी सुरु हुन थालेको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानमा स्थलमार्ग हुँदै हुम्लाको देउली बिक्री केन्द्र र सर्केगार्ड डिपोको चामल छायानाथ रारा नगरपालिका– १४ को बाम गाउँमा एक हप्ता दखि रोकिएको थियो ।

वैशाख ४ गते खाद्यान्न लिएर हुम्ला आउन थालेका चारवटा ट्रक छायानाथ रारा नगरपालिका– १४ बाम गाउँमा वडाध्यक्ष नन्दलाल बडुवालले रोकेका हुन् । चामल बाम गाउँका स्थानीयले खच्चडले बोक्न पाउनुपर्छ भन्दै रोकेपछि हुम्लाको चंखेली गाउँपालिका देउली र सर्केगार्ड डिपोमा पुग्नुपर्ने चामल मुगुको बाम गाउँमै रोकिएको हो । 

सर्केगार्ड डिपो र चंखेलीको देउली बिक्री केन्द्रमा पुग्नुपर्ने ६ क्विन्टल चामल मुगुमै रोकिएको ढुवानीकर्ता वीरबहादुर थापाले बताए । जिल्ला प्रशासन कार्यालय मुगु र हुम्ला जिल्ला प्रशासन कार्यालयको पहलमा चार ट्रक चामलको ढुवानी सुरु भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । छायानाथ रारा नगरपालिका र स्थानीय प्रशासनको समन्वय र सहमतिमा चामल ढुवानी कार्य सुचारु भएपछि चामल हुम्ला जान सुरु भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । 

मुगु जिल्लाका स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरे पनि १४ नम्बरका वडाध्यक्षले हुम्लाको खाद्यान्न ढुवानी हुन दिन नमानेको प्रजिअ निरौलाको भनाइ छ । 

प्रशासनले कुनै रोकटोक नगरेको भएपछि वडाध्यक्षलाई सम्झाइबुझाई गरेपछि स्थलमार्ग हुँदै हुम्ला पुग्ने चामल ढुवानी भइसकेको प्रजिअ निरौलाले बताए । स्थलमार्ग हुँदै हुम्लाको सर्केगार्ड पुग्ने र चंखेलीको देउली बिक्री केन्द्र पुग्ने चामल अब ढुवानी हुने भएको छ ।