मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार १३:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

यो सरकारले कम्युनिस्टकै बदनाम गर्‍यो : मोहन वैद्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार १३:२९:००

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले सरकारले कम्युनिस्टकै नाम, बदनाम गरिराखेको आरोप लगाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी महासचिव मोहन वैद्य किरणले विज्ञप्ति निकाल्दै झापा आन्दोलनका नाइके र जनयुद्धका नाइके घरेलु प्रतिक्रियावादका संरक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओली आफ्नै पार्टीभित्र संघर्ष चर्काउँदै थप निरंकुशताको बाटोमा लागेको नेकपा (क्रान्तिकारी माओवादी) को ठहर छ । 

‘जनतन्त्र तथा जनजीविकाका समस्या विकराल बनेका छन्, भ्रष्टाचार व्यापक छ, यतिसम्म कि कोभिड– १९ महामारी रोकथामका लागि बाहिरबाट स्वास्थ्य उपकरण आयात गर्ने क्रममा समेत ओली सरकार कमिसनका पछाडि दौडिराखेको छ,’ विज्ञप्तिमा अघि भनिएको छ,  ‘वस्तुत: सरकारले कम्युनिस्टको नामबाट कम्युनिस्टकै बदनाम गरिराखेको छ । झापा आन्दोलनका नाइके ओली र जनयुद्धका नाइके प्रचण्ड घरेलु प्रतिक्रियावादका संरक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेका छन् ।’ 

नेता मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, यहाँनेर कुन कुरा पनि उल्लेख गर्न जरुरी छ भने कोरोना भाइरसको महामारीकविरुद्ध सिंगाे देश एकढिक्का भई लाग्नुपर्ने वेलामा ओली गुट सत्ता लिप्साको निरन्तरताका लागि आफ्नै पार्टीभित्र संघर्ष चर्काउँदै थप निरंकुशताको बाटोमा लागिरहेको छ । वैशाख ८ गतेको अध्यादेश प्रकरण यसै कुराको एक अभिव्यक्ति हो ।’