मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका मोरङ
२०७७ बैशाख ८ सोमबार २१:३३:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश १ का छुट्टाछुट्टै स्थानमा तीनजना मृत फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका मोरङ
२०७७ बैशाख ८ सोमबार २१:३३:००

प्रदेश १ का छुट्टाछुट्टै स्थानमा तीनजना मृत फेला परेका छन् । तेह्रथुम, पाँचथर र झापामा मृत फेला परेका हुन् । 

प्रदेश १ प्रहरी कार्यालयका अनुसार तेह्रथुमको लालीगुराँस नगरपालिका-२ दारेगौँडानजिकै संखुवासभा घर भएका अन्दाजी ४२ वर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । २० वर्षदेखि चिल्ड्रेन पार्कको टहरामा कामदारका रूपमा बस्दै आएका उनको शव सोमबार दिउँसो फेला परेको थियो । 

यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका- १ का ४४ वर्षीय वलीबहादुर आङदेम्बे सावाखोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । यस्तै झापाको मेचीनगर नगरपालिका– ६ का ५५ वर्षीय चित्रबहादुर गौली  बाँसघारीमा मृत फेला परेका छन् ।