१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७७ बैशाख ८ सोमबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार

कञ्चनपुरमा विवाहमा पाँचजना मात्र सहभागी हुन पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७७ बैशाख ८ सोमबार १२:१०:००

कञ्चनपुरमा विवाह गर्दा पाँचजना मात्रै सहभागी हुन पाउने भएका छन् । 

लकडाउनका वेला लागू गरिएको नियम पालना गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले विवाहमा पाँचजना मात्र सहभागी हुन पाउने सूचना जारी गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले एक सूचना जारी गरी विवाहमा अधिकतम पाँचजना मात्र सहभागी हुन पाउने उल्लेख गरिएको छ । 

त्यसैगरी कोरोनाको सम्भावित संक्रमण हुन नदिन सामाजिक दूरी कायम गर्न पनि सूचनामा भनिएको छ । 

कोरोना भाइरसको त्रासका कारण कञ्चनपुरमा विवाह तय भइसकेका अधिकांशले विवाह स्थगित गरिसकेका छन् । 

विवाह गर्दा सवारी पास आवश्यक नपर्ने जनाउँदै प्रशासनले सम्बन्धित स्थानीय तहको सिफारिस, शुभविवाह ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला–बेहुली, पण्डित र पूजा सामान राख्न निर्देशन दिएको छ ।