मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ७ आइतबार १३:३१:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनका कारण राजपा नेपालले मनाएन वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ७ आइतबार १३:३१:००

कोराेना संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन चलिरहेकाले राजपा नेपालले आइतबार पार्टीको चौथाे स्थापना दिवस मनाएन । 

यसअघि पार्टीको स्थापना दिवसको अवसरमा राजपाले चियापानसहितको विभिन्न कार्यक्रम गर्ने गरेको थियो । 

तत्कालीन मधेसी मोर्चामा आबद्ध ६ वटा दलहरू एकीकरण गरेर ०७३ वैशाख ७ गते राजपा नेपाल गठन गरिएको थियो । 

राजपा गठनको चार वर्षको उपलक्ष्यमा पार्टीका संयोजक शरतसिंह भण्डारीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै मुलुक लकडाउनका कारण असहज अवस्थामा रहेकाले यस्तो अवस्थामा सबैलाई आ–आफ्ना ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् । 

भण्डारीले पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै पार्टीका सबै नेता तथा कार्यकर्तालाई लकडाउनको पालना गर्न तथा राहतमा सहयोग गर्न पार्टीको तल्लो निकायसम्मलाई आग्रह गरेका छन् ।