मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी कोलकत्ता
२०७७ बैशाख ७ आइतबार ०६:३६:००
Read Time : < 1 मिनेट
खेलकुद

अनलाइनबाटै क्रिकेट सिकाउँदै लक्ष्मण

Read Time : < 1 मिनेट
एजेन्सी कोलकत्ता
२०७७ बैशाख ७ आइतबार ०६:३६:००

भारतीय क्रिकेटर भिभिएस लक्ष्मणले कोलकत्ताका युवा क्रिकेटरलाई अनलाइनबाटै प्रशिक्षण दिइरहेका छन् । अहिले भारतमा लकडाउन भएको अवस्थामा लक्ष्मणले कोलकत्तामा रहेका युवा क्रिकेटरको जिज्ञासाअनुसारै प्रशिक्षण दिइरहेको भारतीय एजेन्सीले जनाएका छन् । यो प्रशिक्षणले रणजी ट्रफी खेल्न तयारीमा रहेका खेलाडीको ब्याटिङमा सुधार आउने विश्वास गरिएको छ । 

‘लक्ष्मणको अनलाइन प्रशिक्षणले रणजी ट्रफीका लागि तयारीमा रहेका कोलकत्ताका युवा खेलाडीले आफ्नो गल्ती सुधार्ने मौका पाएका छन्,’ टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । कोलकत्ताको बंगाल टोली १३ वर्षपछि रणजी ट्रफीको फाइनलमा पुगेको छ । सन् १९८९–९० पछि पहिलोपटक उपाधि जित्ने लक्ष्य राखेको बंगालका खेलाडीले पनि लक्ष्मणबाट धेरै ब्याटिङ टिप्स पाएको बताएका छन् । 

‘हामीले अनलाइनमै लक्ष्मण गुरुबाट धेरै सिक्ने अवसर पायौँ,’ अनलाइन प्रशिक्षणमा सहभागी एक खेलाडीले टाइम्स अफ इन्डियासँग भने, ‘सुरुमा केही अप्ठ््यारो भए पनि अहिले सिक्न सहज भएको छ ।’ लक्ष्मणलाई अनलाइनबाट प्रशिक्षण दिलाउन सिएबीका अध्यक्ष अभिषेक डालमियाले प्रस्ताव राखेका थिए ।

‘लक्ष्मणसँग खेलाडीलाई प्रशिक्षण दिनुपर्ने प्रस्ताव गरेको थिएँ, उहाँले सहजै हाम्रोे प्रस्ताव स्विकार्नुभयो,’ अध्यक्ष अभिषेकले भने, ‘अहिले दिनमा दुई सेसन ब्याटिङ प्रशिक्षण अनलाइनमै हुन्छ ।’ लक्ष्मणले विशेषतः शीर्ष अर्डरका ब्याट्सम्यानका गल्ती सच्याएको अभिषेकले बताए ।