१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ६ शनिबार २१:३९:००
Read Time : < 1 मिनेट
प्रदेश

गाँजासहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७७ बैशाख ६ शनिबार २१:३९:००

मोरङको केराबारी– १ पाटीगाउँबाट गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय केराबारी र सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गको संयुक्त गस्ती टोलीले गाँजासहित दुईजनालाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो ४ बजे गस्ती गर्ने क्रममा केराबारी– १ का विष्णु लिम्बू र केराबारी– १० का उमेश मल्लिकलाई दुई केजी आठ सय ग्राम गाँजासहित पक्राउ गरेको सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गले जनाएको छ । 

को.१८प ८५४८ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरिएको र पक्राउ परेका व्यक्तिलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय केराबारीमा बुझाइएको प्रहरीले जनाएको हो ।