मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ६ शनिबार ०८:०४:००
Read Time : < 1 मिनेट
समाचार

पाटन अस्पतालमा पिसिआर मेसिन जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ६ शनिबार ०८:०४:००

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ परीक्षणको दायरा बढाउने उद्देश्यअनुसार पाटन अस्पतालमा पनि परीक्षण सुरु गरेको छ । योसँगै कोभिड–१९ परीक्षण हुने स्थानको संख्या १४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

यस्तै, सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सक शुक्रबार धनगढी पठाएको छ । संक्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन संघीय सरकारले ती चिकित्सक प्रभावित क्षेत्रमा पठाएको जनाएको छ । सुदूरपश्चिममा उनीहरूलाई आवश्यकताअनुसार जिल्ला–जिल्लामा खटाइनेछ । 

कोरोना आशंकामा पछिल्लो २४ घन्टामा चार हजार आठ सय २२ जनाको नमुना परीक्षण भएको छ । हालसम्म कोभिड परीक्षण हुनेको संख्या २४ हजार दुई सय ५३ पुगेकोे छ । सात हजार ६ सय ८८ पिसिआरबाट र १६ हजार पाँच सय ६५ जनाको आरडिटीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यसैगरी, काठमाडौं उपत्यकामा पाँच र बाहिर ८५ गरी जम्मा ९० जना व्यक्ति आइसोलेसनमा भर्ना भएका छन् । मुलुकभर हाल चार हजार ६ सय सातजना क्वारेन्टाइनमा छन् ।