१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ५ शुक्रबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार

त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाको राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ५ शुक्रबार १८:३५:००

कीर्तिपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।

नगरपालिकाले शुक्रबार विश्वविद्यालयमा अध्ययनरत करिब पाँच सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथामका लागि देभशर लकडाउन गरिएकाले विद्यार्थीलाई खाद्य सामग्री अभाव नहोस् भनेर राहत वितरण गरिएको नगरपालिका– ९ का वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताए ।

महर्जनले कुनै पनि विद्यार्थी भोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताए । उनले कीर्तिपुरमा बसोवास गर्ने स्थानीय बासिन्दा र विद्यार्थी सबैको आँकडा आउने क्रममा नै रहेको भन्दै समस्या परेका सबैलाई राहत उपलब्ध गराइने बताए ।

विद्यार्थीलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राचार्य कृष्णप्रसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताए । उनले विश्वविद्यालयमा अध्ययनरत करिब पाँच सयजनाले राहत पाएको बताए ।

नगरपालिकाले विद्यार्थीलाई १० किलो चामल, दाल, तेल, नुन, आलुलगायतका खाद्य सामग्री उपलब्ध गराएको छ । कीर्तिपुर नगरपालिकामा बसोवास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले भन्दै महर्जनले समस्या भए सम्पर्क गर्न आग्रहसमेत गरे ।