मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख ४ बिहीबार १५:३९:००
Read Time : < 1 मिनेट
अर्थ

खेतमा ढकमक्क फूल, किसान उदास

Read Time : < 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार १५:३९:००

लहलहाउदो खेत अनि जता हेऱ्यो फूल नै फूल । वसन्तको ऋतुकाे हावाले हल्लिएको फूल हेर्दा मन प्रफुलित हुन्छ नै । तर यही फूलवारीमा दिनरात पसिना बगाउने किसानको मन भने अहिले उदास छ ।

ठुलो परिश्रमले तयार पारेको फूल लकडाउनले गर्दा बेच्न नपाएर बारी मै सुक्ने अवस्थामा पुगेका छन् । रंगबिरंगी फूलले खेत ढाकिए पनि किसानको मन भने पीडाले भरिएको छ । तर यो पीडा कहाँ ब्यक्त गर्ने ?कसले यसको समाधान निकालि दिने ?  अन्योलमा परेका छन् महोत्तरीका किसान । 

जिल्लाको एकडारा गाउँपालिका ५ वहेराका रामलाल भण्डारीले एक विगहा जग्गामा फूल खेती गरेका छन । उनको खेतमा लगाइएको फूल यतिबेला सुक्न थालेको छ । उनको संयुक्त परिवारमा १९ सदस्य छन । परिवारको जेठो छोरा उनी यही फूल खेतिकै सहाराले परिवार चलाउँदै आएका छन् । 

बालबालिकाको शिक्षा दिक्षा समेत त्यही फूलबाट आर्जित कमाईबाट हुँदै आएको छ । तर यतिबेला उनको मुख्य आम्दानीको स्रोत यही फूल बिक्री हुन सकेको छैन् । यसले उनको पारिवारिक जीवनमा तनाव सृजना गरिदिएको छ । 

उनले अहिलेसम्म खेतमा लगानी गरेको र मुख्य आम्दानी हुने बेला उत्पादन बिक्री नभएपछि चिन्ताले सताउन थालेको बताए । विवाह, व्रतवन्ध र पुजाआजाकालागि उनको बारीमा उत्पादित फूल खरिद गर्न ग्राहक पुग्थे । तर लकडाउनले उनकाे फूल बिक्री नै हुन पाएकाे छैन् । भण्डारी फूल किसानका बारेमा सरकारले सोच्नु पर्ने बताउछन् । 

यता प्रदेश सरकारले किसानका लागि भनेर प्याकेज घोषणा गरेको तथा तत्कालै कार्यान्वयनको लागिसमेत आवश्यक कार्यहरु भइरहेको प्रदेशका भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए । 

उनले मर्कामा परेका किसानका लागि राहत दिने गरी केही न केही कदम चालिने बताए ।