मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ४ बिहीबार १५:२०:००
Read Time : < 1 मिनेट
समाचार

वडाकै सक्रियतामा भरतपुरमा विदेशबाट आएकाको कोरोना परीक्षण 

Read Time : < 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार १५:२०:००

चितवनको एक वडा कार्यालयले विदेशबाट वडामा आएका नागरिकको कोरोना भाइरस (कोभिड– १९ ) को परीक्षण गरेको छ । ऱ्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मार्फत वडामा विभिन्न देशबाट आएका ४० जनामा कोरोना परीक्षण गरिएको भरतपुर महानगरपालिका– १४ का  वडाध्यक्ष ओमप्रसाद पोखरेलले बताए । 

उनका अनुसार आफ्नो वडाका ३६ र छिमेकी वडाका चारजनाको कोरोना  परीक्षण गरिएको थियो । उनीहरू सबै विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।  परीक्षण गरिएका सबैमा  कोरोना भाइरस संक्रमण नदेखिएकोसमेत पोखरेलले बताए ।  

वडा कार्यालयका सचिव चन्द्र कोइरालाका अनुसार साउदी  ६, दुबई १३, कतार आठ, अस्ट्रेलिया चार, भारत चार, सिगांपुर एक, ओमन  एक, दक्षिण कोरिया  एक,  जापान एक र पोचुगलबाट आएका एक गरी ४० जनाको परीक्षण गरिएको थियो । वडाकै प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा परीक्षण भएको कोइरालाले बताए । 

भरतपुर– १४ ले यसअघि आफ्नै सक्रियतामा वडाभित्र कीटनाशक औषधि (डिसइन्फेक्टेन्ट स्प्रे) छर्केको थियो भने वडामा दैनिक ज्याल–मजदुरी गरी जीवन गुजारा गर्दै आएका विपन्न परिवारलाई खाद्यान्न र मास्क वितरण गरिएको थियो । वडाध्यक्ष पोखरेलले  अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रण अभियानमा सघाउन वडावासीसँग अनुरोध गर्दै केही समस्या परेमा वडामा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।