मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार ०९:०५:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोना उपचार कोषमा आइक्यानको १ करोड सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार ०९:०५:००

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।   आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ । आइक्यान परिषद्को ३० चैतमा बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । 

परिषद् बैठकले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्चहरू कटौती गर्नेसमेत निर्णय गरेको छ । कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । ‘यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई केही राहत पु¥याउने हाम्रो विश्वास छ,’ आचार्यले भने ।

 आइक्यानले अध्ययन प्राविधिक समिति बनाउने 

आइक्यानले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकाले त्यसको रणनीति तयार गर्न प्राविधिक समिति बनाउन लागिएको आचार्यले जानकारी दिए । लेखा व्यवसाय र लेखा तथा लेखापरीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।

 विद्यार्थीका लागि भर्चुअल कक्षा चलाउने 

आइक्यानले ‘अनलाइन लर्निङ प्लेटफर्म’ तयार गरी भर्चुअल टे«निङका साथै विद्यार्थीका लागि ‘भर्चुअल’ कक्षा व्यवस्थापन गरेको छ । भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा सञ्चालन गर्न सक्ने गरी व्यवस्थापन गर्न लागिएको आइक्यानको तयारी छ ।

आइक्यानले विदेशी लेखा व्यवसायी संस्थासँग सहकार्य गरेर सदस्यलाई भर्चुअल टे«निङ र सोका आधारमा सदस्यले अनिवार्य रूपमा लिनुपर्ने अनवरत व्यावसायिक शिक्षा (सिपिई)को क्रेडिट आवर प्रदान गर्नेसमेत निर्णय गरेको आचार्यले जानकारी दिए ।