१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २ मंगलबार ११:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फेक न्युजबाट बालबालिकालाई कसरी जोगाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २ मंगलबार ११:४६:००

आजकल न्यु मिडिया र सामाजिक सञ्जालका कारण समाचारको पहुँच फराकिलो भएको छ । अनगिन्ती मिडिया खुलेका छन् । तीमध्ये कतिपय आधिकारिक छैनन् । त्यस्ता समाचार माध्यमले कोरोना भाइरस (कोभिड–१९)को महामारीबारे फेक न्युजसमेत प्रसारण गरिहेका छन् । विशेषगरी संक्रमण संसारभर फैलिँदो रहेको विभिन्न मिडियामार्फत आइरहेका, सामाजिक सञ्जालमार्फत फैलिने विभिन्न अफवाह बच्चाहरूले विश्वास गर्छन् । जसबाट उनीहरूमा झनै डर सिर्जना भएको छ । यद्यपि, अभिभावकले सावधानी अपनाएमा आफ्ना बालबालिकालाई फेक न्युजबाट बचाउन सकिने बेलायती विज्ञहरूको तर्क छ । 

बच्चाहरूमा त्रास पैदा गराउने सबैभन्दा ठूलो माध्यम उनीहरूका अभिभावक नै भएको बेलायती बाल मनोचिकित्सक डा. रिचर्ड ओल्फसन बताउँछन् । 

- बाल मनोचिकित्सक डा. रिचर्ड ओल्फसन बच्चाहरूमा त्रास पैदा गराउने सबैभन्दा ठूलो माध्यम उनीहरूका अभिभावक नै भएको बताउँछन् । ‘प्रायः साना बालबालिका उनीहरूका अभिभावकबाट प्रभावित हुन्छन्,’ उनी भन्छन्, ‘यदि, तिनीहरूले बाबुआमा कुनै समाचार पढेर चिन्तित भएको देख्छन्, त्यसपछि उनीहरूलाई पनि त्यसैले सताउने गर्छ ।’ आमाबाबुले आफ्ना बच्चाको वरिपरि हुँदा उनीहरूको व्यवहारसँग धेरै सतर्क हुनुपर्छ उनको तर्क छ । ‘स्कुलमा के हुन्छ त्यो अभिभावको नियन्त्रण बाहिरको विषय हो ।’

- कोरोनालगायत विपत्को समयमा बालबालिकालाई आधिकारिक समाचार माध्यमका सकारात्मक समाचार मात्र देखाउनुपर्ने डा. ओल्फसनको तर्क छ । ‘उनीहरूलाई कोरोनासँग बच्ने सचेतना प्रसारण गरेका समाचार देखाउनुपर्छ, नकारात्मक समाचार बन्देज नै गर्दा हुन्छ ।

- संक्रमणबारे किशोरकिशोरीसँग कुरा गर्ने तरिका फरक भएको डा. ओल्फसन बताउँछन् । ‘किनकि, उनीहरु विश्वभरका समाचारका लागि आफ्ना बाबुआमासँग कम निर्भर छन्,’ उनले भने, ‘धेरैजसो जानकारी उनीहरू आफ्ना साथीहरूबाट पाउँछन् ।’ बच्चाहरूको सुरक्षाका लागि आश्वासन दिनुका साथै उनीहरूको चिन्ताको बारेमा इमानदारीसाथ कुरा गर्र्नुपर्ने उनको भनाइ छ ।

- डा. पुनम कृष्णन पनि डा. ओल्फसनको कुरामा सहमत जनाउँछिन् । ‘बालबालिकालाई फेक न्युजबाट बचाउन अभिभावकले खुलस्त रूपमा समस्याबारे कुरा गर्नुपर्छ,’ उनी भन्छिन्, ‘म त मेरो छोरासँग कुरा गरिहेकी छु ।’