मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २ मंगलबार ०८:५३:००
Read Time : < 1 मिनेट
अर्थ

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २ मंगलबार ०८:५३:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनलाई २९ चैतदेखि लागू हुने गरी अर्को एक कार्यकालका लागि पुनः नियुक्त गरिएको थियो । 

श्रेष्ठले पदबहाली गर्दै बैंकको आव ०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेको जनाइएको छ । बैंकले ७७ जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।