मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख १ सोमबार १९:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

पेप्सीकोलामा एकै परिवारका तीनजनामा कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

Read Time : < 1 मिनेट
२०७७ बैशाख १ सोमबार १९:३२:००

काठमाडौं पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३६ जनाको  ऱ्यापिड टेस्ट किटमार्फत परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण देखिएको छ । सोमबार परीक्षण गर्दा तीनजनामा कोरोना पोजेटिभ देखिएको हो । 

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले ऱ्यापिड टेस्ट किटमार्फत परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको बताए । उनका अनुसार अन्तिम निर्णयका लागि पिसिआर प्रविधिबाट जाँच हुनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूमा कोरोना भए–नभएको थप परीक्षणपछि मंगलबार पुष्टि हुनेछ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृणहरि थापाका अनुसार संक्रमितहरू गत ५ चैतमा लन्डनबाट फर्किएका थिए । विनालक्षण कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । अस्पताल भर्ना हुनेमा आमा, छोरा र बुहारी छन् ।