मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत ३० आइतबार ०७:५५:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनमा अनलाइन प्रणालीबाट भुक्तानी गर्ने बढे

Read Time : > 1 मिनेट
२०७६ चैत ३० आइतबार ०७:५५:००

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई फैलिन नदिनका लागि गरेको लकडाउनमा अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी हुन थालेको छ । 

लकडाउन अवधिभर विद्युत् महसुल काउन्टरमा भिडभाड नहुन दिनलाई मन्त्रालयबाट निर्देशन आएकाले अनलाइनबाटै भुक्तानी हुन थालेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ । मन्त्रालयको निर्देशनमा वीरगन्ज वितरण केन्द्रमा गएको चैत १० देखि २६ गतेसम्म १ हजार ४५ जनाले अनलाइन प्रणालीबाट महसुल भुक्तानी गरेको लेखापाल रामसुन्दर दासले जानकारी दिए ।
 
मन्त्रालयको निर्देशनअनुसार वितरण केन्द्रमा लकडाउन हुनुभन्दा एक दिन अगाडिदेखि अनलाइनमार्फत भुक्तानी सेवा सुरु भएको उनले बताए । लकडाउन अवधिभर विद्युत् महसुल बुझाउन चाहने ग्राहकलाई सहज बनाउनका लागि लेखापाल रामसुन्दर दास र लेखा अधिकृत साजन महर्जन सम्पर्क व्यक्ति तोकिएको छ । 

सहज बनाउन अनलाइन भुक्तानी

वीरगन्ज वितरण केन्द्रमा लकडाउन अवधिभर काउन्टर बन्द हुने भएकाले विद्युत् महसुल बुझाउन चाहने ग्राहकलाई सहज बनाउनका लागि सम्पर्क व्यक्ति तोकेर महसुल भुक्तानी भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्दका प्रमुख शम्भुकौशित यादवले बताए । 

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९)को लकडाउन अवधिको विद्युत् महसुल संकलनका लागि नयाँ व्यवस्था गरिएको यादवको भनाइ छ । केन्द्रले कार्यालयमा एक सूचना प्रकाशित गरी लकडाउन अवधिभरका लागि नयाँ व्यवस्था गरेकाले त्यहीअनुसार गर्ने गरिएको प्रमुख यादवले बताए ।

टिओडी मिटर जडान भएका ग्राहकको एएमआर विधिद्वारा रिडिङ गर्न सकिने ग्राहकको बिल टेलिफोन, एसएमएस तथा इमेलमार्फत जानकारी गराएको केन्द्रले जनाएको छ । यसका लागि केन्द्रको आय फाँटमा सम्पर्क गरी भुक्तानी गर्न सकिनेछ । 

यसैगरी थ्री फेज तथा सिंगल फेजका ग्राहकले चैत महिनाको आफ्नो मिटर अंक यकिन गरी सोअनुसारको खपत टिपाउन सक्नेछन् । खपत नटिपाउने ग्राहकको हकमा २०७६ फागुन महिनाको खपत अंकबराबरको मिटर रिडिङ तथा बिलिङ हुने केन्द्रले जनाएको छ । विद्युत् महसुल अनलाइनमार्फत भुक्तानी गर्न सक्नेछन् । सरकारले लकडाउनको अवधि बढाएमा पछि आउने महिनामा समेत सोहीअनुसार रिडिङ तथा बिलिङ हुनेछ ।