मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ चैत ३० आइतबार ०७:४१:००
Read Time : < 1 मिनेट
अर्थ

एनएमबि बैंकद्वारा स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ चैत ३० आइतबार ०७:४१:००

एनएमबि बैंक सुर्खेत शाखाले कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को उपचारका लागि बैंकले स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको हो । बैंकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सामग्री हस्तान्तरण गरेको हो । 

कोभिड–१९ रोगविरुद्ध स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री (पिपिई)हरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले १ सय थान पिपिई, मास्क, स्यानिटाइजरलगायतका सामग्रीहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो  ।