मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी
२०७५ माघ १० बिहीबार ०६:५६:००
Read Time : < 1 मिनेट
प्रदेश

चट्याङ लागेर एकै ठाउँमा चरिरहेका ५२ भेडा मरे 

Read Time : < 1 मिनेट
गगन अयडी
२०७५ माघ १० बिहीबार ०६:५६:००

जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् ।       भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । चुथीको जंगलमा सँगै चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमै मरेको भाटले बताए । 

मंगलबार साँझ चट्याङ परेर भेडा मरेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण बुधबार मात्रै यकिन भएको भेडा व्यावसायिक राजेन्द्र रोकायाले बताए । रोकायाले भेडापालन व्यवसाय आफ्नो र धामीको साझेदारी गरिएको बताए । 

चट्याङका कारण करिब पाँच लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरूले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । 

चट्याङकै कारण रेडियो बाजुराको स्टेसनमा पनि क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेसिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताइन् । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण पनि बन्द भएको छ ।