मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जाजरकोट
२०७६ चैत २९ शनिबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार

रक्तश्रावका कारण जाजरकोटमा एक सुत्केरीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जाजरकोट
२०७६ चैत २९ शनिबार १०:३४:००

सुत्केरी भएको ६ घन्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका– ६ दुरगाउँकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ । 

शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन प्रयास गरे पनि नजिकै स्वास्थ्य संस्थासमेत नभएकाले बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले बताइन् । 

कार्कीका अनुसार असुरक्षित रूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य उपचार गरे पनि बचाउन नसकिएको हाे । 

मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन् । आमाको मृत्यु भए पनि छोरीको स्वास्थ्य अवस्था भने राम्रो रहेको छ ।