मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २९ शनिबार ०७:२०:००
Read Time : < 1 मिनेट
समाचार

तिब्बतले दियो ६ प्रकारका स्वास्थ्य सुरक्षा सामग्री, एक सातामा आइपुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २९ शनिबार ०७:२०:००

चीनको स्वशासित क्षेत्र तिब्बतबाट एक सातामा ६ प्रकारका स्वास्थ्य सामग्री काठमाडौं आउने भएको छ । तिब्बत सरकारको परराष्ट्र विभागकी महानिर्देशक पाइमा यांग चोंगले शुक्रबार ल्हासामा महावाणिज्यदूत गोविन्दबहादुर कार्कीलाई स्वास्थ्य सामग्री सांकेतिक रूपमा हस्तान्तरण गरेकी छिन् । 

महावाणिज्यदूत कार्कीका अनुसार तिब्बत सरकारले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री पिपिई, कोरोना भाइरस जाँच्ने किट्स, एन– ९५ मास्क, पिसिआर मेसिन, पेपर स्यानिटाइजरसहितका सामग्री पठाउने घोषणा गरेको छ । तिब्बत सरकारले अनुदानमा दिएको सामग्री एक सातामा तातोपानी नाका हुँदै काठमाडौं आइपुग्ने र चिनियाँ दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । 

‘तातोपानी नाका हुँदै स्थलमार्गबाट स्वास्थ्य सामग्री नेपाल भित्रिन्छ र चीन सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्छ,’ कार्कीले ल्हासाबाट टेलिफोनमा भने, ‘अहिले औपचारिकता मात्रै निर्वाह गरेको हो । तिब्बत सरकारले के–कति परिमाणमा सामान पठाउने भन्ने स्पष्ट छैन ।’ 

नेपाल सरकारसँग स्वीकृति लिएर नेपाली 

महावाणिज्य दूतावासले एक महिनाअघि नै तिब्बत सरकारसँग सहयोग मागेको थियो । तिब्बतमा चीन सरकारले पठाएका स्वास्थ्य सामग्रीबाट नेपाललाई सहयोग गर्न महावाणिज्य दूतावासले अनुरोध गरेको थियो । यसका लागि बेइजिङस्थित नेपाली दूतावासले समेत समन्वय गरेको थियो । 

सामान हस्तान्तरण समारोहमा महानिर्देशक पाइमाले चीनलाई संकट पर्दा नेपाल सरकारले दिएको साथको गुन तिर्न सहयोग गरेको बताइन् । चीन र तिब्बत नेपाललाई सक्दो सहयोगका लागि तयार रहेको उनले बताइन् ।