१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत २८ शुक्रबार १४:०८:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा कोरोना उपचारमा मलेरियाको औषधिको परीक्षण सुरु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २८ शुक्रबार १४:०८:००

अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआइएच)ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको छ । 

अमेरिकी समाचार संस्था द हिलमा छापिएको एक रिपोर्टअनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एकजना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन् । 

समाचारअनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरूलाई पहिलो दिन दिनको दुईपटक चार सय एमजीको क्लोरोक्विन दिइनेछ । त्यसपछि दुईदेखि पाँच दिनसम्म दुई सय एमजी औषधि दिनको दुईपटक दिइनेछ ।  

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए । 

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपत्कालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआइएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो । 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारनजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।