१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २८ शुक्रबार ०६:४३:००
Read Time : < 1 मिनेट
खेलकुद

क्रिकेट वरीयतामा नेपाल अपरिवर्तित

आइसिसीले सार्वजनिक गरेको वरीयतामा नेपाल एकदिवसीयमा १६औँ र टी–२० मा १५औँ स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २८ शुक्रबार ०६:४३:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको एकदिवसीय तथा टी–२० वरीयतामा नेपालको स्थान परिवर्तन भएको छैन । नेपाल एकदिवसीयमा १६औँ र टी–२० पुरुष वरीयतामा १५औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिँदा क्रिकेटसम्बन्धी सबै गतिविधि स्थगित छन् । आइसिसीको पछिल्लो वरीयतामा कुनै पनि स्थान परिवर्तन भएको छैन । एकदिवसीयमा नेपालले १२ खेलबाट दुई सय ३७ अंक जोडेको छ ।

नेपालले २० रेटिङ अंक बटुलेको छ । एसोसिएट राष्ट्रमध्ये नेपाल चौथो स्थानमा छ । एसोसिएटमा नेदरल्यान्ड पहिलो स्थानमा छ । ओमान दोस्रो तथा स्कटल्यान्ड तेस्रो स्थानमा छन् । एकदिवसीय वरीयतामा विश्व च्याम्पियन इंग्ल्यान्ड शीर्ष स्थानमा छ । इंग्ल्यान्डले ६७ खेलबाट ६ हजार नौ सय ६७ अंक र एक सय २४ रेटिङ अंक हात पारेको छ । भारत दोस्रो स्थानमा छ । विश्वकपको उपविजेता न्युजिल्यान्डले तेस्रो स्थान रक्षा गर्दा ४७ खेलबाट पाँच हजार चार सय पाँच अंक जोडेको छ । 

यसैगरी टी–२० वरीयताको १५औँ स्थानमा रहेको नेपालले २७ खेल खेल्दा चार हजार नौ सय ९७ अंक जोडेको छ । नेपाल भन्दमाथि युएई र तल नेदरल्यान्ड छन् । टी–२० वरीयतामा पाकिस्तान शीर्ष स्थानमा छ । पाकिस्तानले ३३ खेलबाट सर्वाधिक आठ हजार नौ सय २६ अंक हात पारेको छ । टी–२० वरीयतामा एक स्थान मात्र परिवर्तन भएको छ । आयरल्यान्ड १३औँ स्थानबाट १२औँ स्थानमा उक्लेको छ । आयरल्यान्डले स्कटल्यान्डलाई विस्थापित गरेको हो ।