१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मधुसुधन भट्टराई
२०७५ माघ ९ बुधबार २०:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस केन्द्रीय समिति बैठककाे एजेण्डा तय , संसद अवरूद्ध कायमै राख्ने

Read Time : < 1 मिनेट
मधुसुधन भट्टराई
२०७५ माघ ९ बुधबार २०:०४:००

कांग्रेसले बिहीबार बस्ने भनिएको केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठकले एजेण्डा तय गरेको हो । बैठकमा पुर्व पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

केन्द्रीय समितिकाे बैठकमा संवैधानिक परिषद्ले सभापति देउवाको अनुपस्थितिमा संवैधानिक आयोगमा गरेकाे सिफारिसबारे धारणा बनाउने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । नेता निधिले परिषद्ले गरेकाे निर्णय लाेकतान्त्रिक मूल्य र मान्यता विपरित रहेकाे बताए । पदाधिकारी बैठकले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला  क्यान्सर अस्पताल बाँकेलाई सरकारले केन्द्रको मातहतमा नराखेसम्म संसद अवरुद्ध पार्ने अडान राखेको छ । 

बिहीबार बस्ने केन्द्रीय समितकाे बैठकमा हालै सम्पन्न महासमिति बैठकमा विधान मस्यौदा समितिले पेश गरेको विधान परिमार्जनसहित छाप्ने निर्णय गर्ने भएकाे छ । केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघको महाधिवेशनकाे विषयमा समेत ठाेस निर्णय गर्ने बताइएकाे छ । बिहिबार सुरू हुने केन्द्रीय समितिकाे बैठक शनिबारसम्म चल्ने छ ।