१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २७ बिहीबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार

उपत्यका छाड्न चाहनेलाई सम्बन्धित स्थानमा पुऱ्याइदिने निर्णयबाट पछि हट्यो सरकार   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २७ बिहीबार १७:३८:००

लकडाउनका कारण राजधानीबाहिरको आफ्नो घर जान नपाएकाह?लाई सम्बन्धित स्थानमा पुऱ्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो । 

‘यसअघि भएको निर्णय तत्कालका लागि स्थगित भएको छ,’ उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘यो निर्णय कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो ।’

यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यकाबाहिर जान चाहनेहरूलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो । उपत्यकाबाहिर जाने सवारीसाधनहरूलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णय पनि भएको थियो ।

सरकारले व्यवस्था गर्ने सवारीसाधनहरु भोलि र पर्सि उपलब्ध हुने, उपत्यकाबाहिर जाने व्यवस्था सरकारले गर्ने भए पनि उपत्यका फर्कन नपाइने निर्णय पनि समन्वय समितिले गरेको थियो ।

‘लकडाउन’को अवधिमा यसरी उपत्यका छाड्न चाहनेहरूका लागि सरकारले यस्तो विशेष व्यवस्था गरे पनि त्यसले लकडाउनको निर्णयलाई कमजोर पार्ने भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि सिर्जना भएपछि सरकारले गठन गरेको समिति निर्णयबाट पछि हटेको हो ।

प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेलले उच्चस्तरीय समन्वय समितिको निर्णयप्रति सामाजिक सञ्जालबाट असन्तुष्टिसमेत पोखेका थिए ।