१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ चैत २७ बिहीबार १६:१०:००
Read Time : < 1 मिनेट
समाचार

उपत्यका छाड्न चाहनेलाई प्रहरी स्कर्टिङसहित सम्बन्धित स्थानमा पुऱ्याउने सरकारको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ चैत २७ बिहीबार १६:१०:००

लकडाउनका कारण राजधानीबाहिर घर जान नपाएकाहरूलाई शुक्रबार र शनिबार (२८–२९ चैत) सम्बन्धित स्थानमा सरकारले नै पुऱ्याइदिने भएको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । 

‘उपत्यकाबाहिर जान चाहनेहरूलाई सरकारले नै यातायातको साधन उपलब्ध गराएर जाने व्यवस्था गर्ने निर्णय आजको बैठकले गरेको छ,’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘उपत्यकाबाहिर जाने सवारीसाधनहरूलाई प्रहरीले स्कर्टिङ गर्नेछ ।’ 

सरकारले व्यवस्था गर्ने सवारीसाधनहरू भोलि र पर्सि उपलब्ध हुनेछन् । ‘खासगरी श्रमिक वर्गका मानिसलाई सहज होस् भनेर यो निर्णय गरिएको हो,’ श्रेष्ठले भने, ‘अहिलेका लागि उपत्यकाबाहिर जान पाइन्छ, अर्को व्यवस्था नभएसम्मका लागि आउन पाइनेछैन ।’