१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अर्जुन अधिकारी
२०७५ माघ ९ बुधबार १८:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुई सय ४९ स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
अर्जुन अधिकारी
२०७५ माघ ९ बुधबार १८:१५:००

स्वास्थ्य मन्त्रालयले संघीयता कार्यान्वयनका क्रममा प्रदेशअन्तर्गत गएका कार्यालय र अस्पतालहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री तथा सचिवहरूलाई अधिकार प्रत्यायोजन गरिएको स्वास्थ्य सचिव चन्द्रकुमार घिमिरेले बताए । 

मन्त्रालयले स्वास्थ्यसेवा ऐनले दिएको सरुवा, बढुवा, पदस्थापन, बिदा स्विकृतलगायतका अधिकार यस अगाडि नै दिइसकेको थियो । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अञ्चल, उपक्षेत्रीय र आयुर्वेद अस्पताल गरी दुई सय ४९ स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन् । सचिव घिमिरेका अनुसार सात वटै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाल, प्रदेश आपूर्ति केन्द्रहरु प्रदेश सरकारको मातहतमा गएका छन् । यो निर्णयले संघीय संरचनामा ठुलो सहयोग पुगेको सचिव घिमिरेले बताए । 

३१ असार ०७५ को मन्त्रीपरिषद्को निर्णय र ९ पुसमा स्वीकृत संगठन संरचनअनुसार प्रदेश तहका अञ्चल र उपक्षेत्रीय अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, तालिम केन्द्र, प्रयोगशाला, मेडिकल स्टोरसहित आयुर्वेद केन्द्र, आपूर्ति केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
१५ बेडमुनिका अस्पताल, स्वास्थ्यचौकी र प्रथामिक स्वास्थ्यकेन्द्र भने यसअघि नै स्थानीय सरकारलाई हस्तान्तरण भइसकेकको छ ।