१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २७ बिहीबार ०९:१७:००
Read Time : < 1 मिनेट
अर्थ

एलआइसी नेपालद्वारा काेराेना काेषमा ५१ लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २७ बिहीबार ०९:१७:००

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल)ले कोभिड–१९ नियन्त्रण तथा जोखिम नियन्त्रणका लागि ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा’ उक्त रकम जम्मा गरेको हो । 

चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख टी. वर्णवाल र वित्त विभाग प्रमुख विपिनकुमार लालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय विपद्मा सधैँ सहयोग गर्ने गरेको बताउँदै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसँग एकजुट भई कार्य गर्न प्रतिबद्ध रहेको बताए ।