मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार

अस्पतालहरुको सेवा गुणस्तरीय बनाउन बजेट अभाव : स्वास्थ्यमन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार १६:३८:००

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन बजेटको अभाव रहेको बताएका छन् । यादवले आफूले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन प्रयास गरिरहे पनि बजेटको अभावमा त्यसमा सुधार आउन नसकेको स्पष्ट पारे । 

बुधबार मन्त्रालयले गरेको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालयका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो गरे । उनले अर्थ मन्त्रालयले आवश्यक्ता अनुसार बजेटको व्यवस्था गरे अस्पतालको सेवा गुणस्तरीय बनाउने कामले तीव्रता पाउने विश्वास व्यक्त गरे । जनशक्ति अभावमा पनि अस्पतालहरुको गुणस्तर वृद्धि गर्न कठिनाई भइरहेको उनको भनाई छ ।

सरकारले चालू आर्थिक वर्षका लागि कूल बजेटको ४ प्रतिशत बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि छुट्टयाएको छ । सो बजेट तलव भत्तामै खर्च हुने भएकाले अस्पतालको सुधार गर्ने आफ्नो प्रयास असफल हुन गएको उपप्रधानमन्त्री यादवको भनाई छ । उपप्रधानमन्त्री यादवले अस्पतालहरुमा गुणस्तरीय सेवा दिन नसक्दा स्वास्थ्य बीमा कार्यक्रम पनि प्रभावकारी हुन नसकेको स्मरण गराए । उनले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सबै प्रदेशमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने गरी अस्पतालहरुको स्तरोन्नति गर्ने तयारी गरिरहेका बताए ।

यादवले संघीयता अनुकूल हुने गरी स्वास्थ्यसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशमा आयुर्वेद अस्पताल स्थापनाका लागि मन्त्रीपरिषद बैठकबाट सैद्धान्तिक स्वीकृति लिएको, विराटनगरस्थित कोशी अंचल अस्पताल, वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, नेपालगंजस्थित भेरी अंचल अस्पताल र डडेलधुरामा रहेको उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवासहितको टरसरी अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियालाई अघि बढाइएको पनि जनाएको छ ।