मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
इन्द्रबहादुर थापा
२०७५ माघ ९ बुधबार १६:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

यात्रु बस दुर्घटना हुँदा २७ जना घाइते, एक गम्भीर

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा
२०७५ माघ ९ बुधबार १६:२३:००

काभ्रे जिल्लाको पनौती नगरपालिका– ९ शंखुमा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । शंखुबाट पनौती तर्फ यात्रु बोकी आउँदै गरेको बा २ ख ५२१२ नम्बरको यात्रुबस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

गिरीका अनुसार बसमा सवार २७ जना घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जनाएका छन् । गम्भीर घाइते हुनेमा पनौती नगरपालिका–९ का ५० वर्षीय शान्तादेवी लामिछाने रहेको डिएसपी गिरीले बताएका छन् ।

घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पतालमा १५ जना र धुलिखेल अस्पतालमा ९ जना उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ३ जना यात्रु स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए ।

बसमा ४० यात्रु सवार रहेका थिए । पानी परेकाले बस चिफ्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।