१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २६ बुधबार ०६:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीले भने–  ओम्नीसँगको  सम्झौता थाहै थिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २६ बुधबार ०६:२०:००

प्रधानमन्त्री केपी ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)सँग भएको सम्झौताबारे आफू जानकार नभएको बताएका छन् । मंगलबार बसेको नेकपाको सचिवालय बैठकमा नेताहरूले प्रश्न उठाएपछि उनले यस्तो जानकारी दिएका हुन् ।

‘स्वास्थ्य सेवा विभागका महानिर्देशकको स्तरमा सम्झौता भएको रहेछ, तर मलाई सम्झौताअघि जानकारी नै थिएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने । बैठकमा नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओम्नीमार्फत खरिद गरिएको गुणस्तरहीन स्वास्थ्य सामग्रीका कारण पार्टीको प्रतिष्ठा धुमिल भएको भन्दै आलोचना गरेका थिए ।