१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका सुनसरी
२०७६ चैत २५ मंगलबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

सांसद चौधरीद्वारा राहत कोषमा नगद र नगरपालिकालाई खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सुनसरी
२०७६ चैत २५ मंगलबार १७:१९:००

पूर्वराज्यमन्त्री तथा संघीय सांसद रामकुमारी चौधरीले इटहरी उपमहानगरपालिकाको राहत कोषमा एक लाख नगद र रामधुनी नगरपालिकालाई २५ सय केजी चामल सहयोग गर्ने घोषणा गरेकी छिन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले सहयोगले विपन्न परिवारलाई राहत मिल्ने बताएकी छिन् । 

संकटको घडीमा हुनेले नहुनेलाई, एक छिमेकीले अर्को छिमेकीलाई जे हुन्छ त्यही सहयोग गर्दा लकडाउन पूर्ण रूपमा पालना गर्न सकिने उनले बताइन् । अबको दुई हप्ता निकै कठिन र जटिल हुने उनको विश्लेषण छ । उनले लकडाउनलाई पूर्ण रूपमा पालना गरेर कोरोनाविरुद्धको अभियानमा साथ दिन अपिलसमेत गरेकी छिन् । 

गत ११ चैतदेखि देशव्यापी लकडाउन जारी छ । सरकारले आगामी ३ वैशाखसम्म लकडाउन लम्ब्याएको छ ।