मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २२ बिहीबार
  • Thursday, 04 June, 2020
२०७६ चैत २५ मंगलबार १५:३८:००
समाचार

ऊर्जामन्त्रीद्वारा गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान

२०७६ चैत २५ मंगलबार १५:३८:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड– १९) रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री पठाएका छन् । स्वास्थ्य सेवा विभाग र मन्त्री पुनले पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री मंगलबार जिल्ला प्रशासन कार्यालय रोल्पालाई हस्तान्तरण गरिएको छ । 

मन्त्री पुनले स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) ९० थान, हातमा लगाउने ग्लोभ्स हजार थान र स्यानिटाइजर आठ लिटर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई हस्तान्तरण गरिएको थियो । त्यस्तै, मन्त्री पुनकै पहलमा स्वास्थ्य सेवा विभागबाट उपलब्ध १० थान पिपिई, एक सय ५० थान ग्लोभ्स, पाँच थान स्यानिटाइजर र हजार थान मास्कसमेत हस्तान्तरण गरिएको मन्त्री पुनका सहयोगी सन्तोष पुनले जानकारी दिए ।

विश्वभर फैलिरहेको कोरोना रोकथामका लागि विभिन्न पहल भइरहे पनि ग्रामीण भेगमा भने स्वास्थ्य सामग्री अभावका कारण समस्या हुँदै आएको थियो । जोखिमपूर्ण अवस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको संकट व्यवस्थापन केन्द्र तथा जिल्ला कमाण्ड फोर्सका संयोजक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल बताउँछन् । प्राप्त स्वास्थ्य सामग्री जिल्ला अस्पतालका साथै दशवटै स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थाहरूमा वितरण गरिने ढकालले बताए ।

मन्त्री पुनले यसअघि पनि ४० थान पिपिई, चार हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री पठाएका थिए । उक्त सामग्री स्थानीय तहहरूसँगको समन्वयमा विभिन्न स्वास्थ्य संस्थाहरूमा पुगिसकेका छन् ।

जिल्लामा कोरोना संक्रमण भए–नभएको स्याम्पल टेस्ट गर्न स्वाब संकलन गरिने उपकरण (भिटिएम) नाै थान रहेकोमा चार थान प्रयोग भइसकेको बताइएको छ । उक्त भिटिएम जिल्लामा अझै आवश्यक रहेको प्रजिअ ढकालले बताए ।