मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २५ मंगलबार १५:१५:००
Read Time : < 1 मिनेट
समाचार

नवलपरासीमा स्कुटर दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २५ मंगलबार १५:१५:००

पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको निधन भएको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ५ स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना.५२प ३९८६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५२ वर्षीय टकबहादुर  गुरुङको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति जिल्ला अस्पताल भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।