मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : कोरोना संक्रमण रोक्न सरकारको कदम पर्याप्त भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १५:०४:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेका कार्यहरू अपर्याप्त रहेको निष्कर्ष निकालेको छ । 

मंगलबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको प्रयास अपर्याप्त रहेको निचोड निकालेको हो । 

बैठकको निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि सरकार जति गम्भीर हुनुपर्ने हो भएन, स्वास्थ्य सामग्री आपूर्तिलाई प्रभावकारी बनाउन पनि सकेन ।’

त्यसैगरी कांग्रेसले कोरोना संक्रमण रोकथामका लागि पार्टीका सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने निर्णय पनि गरेको छ । 

साथै बैठकले नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई स्वदेशी भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न पनि सरकारसँग माग गरेको छ ।