मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २५ मंगलबार १४:४१:००
Read Time : < 1 मिनेट
समाचार

कालोबजारीको आरोपमा जगदम्बा ग्रुपका सुलभ अग्रवाल पक्राउ

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार १४:४१:००

कोरोना भाइरसले उत्पन्न गरेको संकटका वेला आवश्यक स्वास्थ्य सामग्री कालोबजारी गरेको भन्दै प्रहरीले जगदम्बा ग्रुपका सुलभ अग्रवाललाई पक्राउ गरेको छ । 

जगदम्बा ग्रुपले पाँच हजार पर्ने ज्वरो नाप्ने उपकरण (फिभरगन) लाई १५ हजारभन्दा बढीमा बिक्री गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

अग्रवाललाई जगदम्बा ग्रुपको केन्द्रीय कार्यालय रहेको नक्सालबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंहले बताए । 

जगदम्बा ग्रुपको कार्यालयबाट त्यस्ता ज्वरो नाप्ने फिभरगन ६७ वटा नियन्त्रणमा लिएको उनले जानकारी दिए ।