मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार

सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटा पठायो स्वास्थ्य सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १४:०३:००

सूर्यबहादुर थापा प्रतिष्ठानले काठमाडौंबाट धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकाका अस्पताल र स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य सामग्री पठाएको छ । पूर्वप्रधानमन्त्री थापाका नाममा गठित प्रतिष्ठानले मंगलबार काठमाडौंबाट एयर डाइनेष्टीको हेलिकाेप्टरमार्फत स्वास्थ्य सामग्री पठाएको हो ।  प्रतिष्ठानले पठाएकाे सामान जिल्ला विपत् व्यवस्थापन समिति र धनकुटा उद्योग वाणिज्य संघमार्फत वितरण हुनेछ । 

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री सुनीलबहादुर थापाका अनुसार  स्वास्थ्यकर्मीका लागि पिपिई किट– ७४ सेट, एम्बुलेन्सचालक तथा सहयोगी किट– २२ सेट, पञ्जा–२२ बाकस, स्यानिटाइजर – ३० बोतल, डेटोल हेण्डवास– ७२ बोतल, डेटोल साबुन– ७२ थान, मास्क – दुई थानलगायतका सामग्री पठाइएको छ ।  

थापाले भने, ‘धनकुटाको तीनवटा नगरपालिका, चार गाउँपालिकाका एक लाखभन्दा बढी जनतालाई स्वास्थ्य सेवा पुऱ्याइरहेका अस्पतालहरू, आइसोलेसन एन्ड क्वारेन्टाइन सेन्टर, प्राथमिक स्वास्थ्य केन्द्रहरू, उपस्वास्थ्य चौकीहरूका लागि सामान पठाएका छौँ ।'

गृहजिल्ला  धनकुटालाई कोरोनामुक्त जिल्ला बनाउन आफ्नातर्फबाट सहयोग हुने बताउँदै उनले सबैलाई सहयोगका लागि आह्वान पनि गरे ।