१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

चट्याङ लागेर ६ जना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार १३:१६:००

रुकुम पश्चिममा चट्याङ लागेर ६ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका-३, माछिमिका जितबहादुर ओलीको घरमा बुधबार बिहान ६ बजे चट्याङ लागेर ६ जना घाईते भएको प्रहरीले जनाएको छ । 

घाईते हुनेमा ४ बालबालिका र २ महिला छन् । प्रहरीका अनुसार चट्याङ लागेर जितबहादुरकी २८ वर्षीया श्रीमती कमला खड्का ओली उनका ११ वर्षीय छोरा चिन्तन ओली र ७ वर्षीय छोरा मनन ओली घाइते भएका छन् । 

त्यस्तै जितबहादुरकी भाइबुहारी २५ वर्षीया समिति ओली, उनकी ९ वर्षीया छोरी दुर्गा ओली र ७ वर्षीय छोरा दिपेश ओली घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ । घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।