१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँपत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार ०७:०९:००
Read Time : < 1 मिनेट
अर्थ

पुलनिर्माण र नदी नियन्त्रण कार्य सुचारु गर्न सरकारसँग निर्माण व्यवसायीको आग्रह

Read Time : < 1 मिनेट
नयाँपत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार ०७:०९:००

नेपाल निर्माण व्यवसायी महासंघले देशभरका पुलनिर्माण र नदी नियन्त्रणका कामलाई निरन्तरता दिन आवश्यक समन्वयका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण पुल र नदी नियन्त्रणका कार्य अगाडि बढाउन असहज भएको भन्दै महासंघले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो । 

लकडाउनले विकास निर्माणका कार्य ठप्प भइरहँदा सरकारले ३ वैशाखसम्म समयावधि बढाएको छ । अहिलेको समयावधि निर्माण व्यवसायीका लागि काम गर्ने सिजन हो । ‘धेरै व्यवसायीले आ–आफ्ना आयोजना निर्माणस्थलमा आवश्यक पर्ने सबै निर्माण सामग्रीहरू आपूर्ति गरेर पनि काम ठप्प रहेको छ,’ महासंघका अध्यक्ष रवि सिंहले भने । 

विशेषगरी नदी र पुलको काम रोकिँदा पछि समस्या आउने उनको भनाइ छ । पुल र नदी नियन्त्रणका कार्यहरू बर्खाअगावै सम्पन्न गर्नुको विकल्प नरहेको उनले बताए । यी निर्माण कार्य सुचारु गर्न तत्काल कामदारको स्वास्थ्य सुरक्षा र अन्य आवश्यक सतर्कता अपनाई काम अघि बढाउन सहयोग गरिदिन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । 

निर्माण व्यवसायीले पुल बनाउन स्थलहरूमा आवश्यक निर्माण सामग्रीहरू पु¥याइसकेको महासंघले जानकारी दिएको छ । गिटी, बालुवा, सिमेन्ट, रड, फर्मालगायत आवश्यक सामग्री ढुवानी गरिसकेको महासंघका महासचिव रोशनदाहालले जानकारी दिए । पुल निर्माणका लागि निर्माण व्यवसायीले केही पुल आयोजनामा स्लाब ढलान गर्ने फर्मा राखी रडसमेत बाँधिसकेको र प्रिस्टेज पुल निर्माणका लागि टेन्डम तार जडान गरिसकेको उनले बताए । 

पुल र नदी नियन्त्रणको काम बर्खाअघि नै सक्नुपर्ने 

अन्य आयोजना निर्माणमा ढिलाइ भएपनि पुल र नदी नियन्त्रणका आयोजना बर्खा सुरु हुनुअघि नै सक्नुपर्ने व्यवसायीको भनाइ छ । ‘तत्काल सुचारु गर्न अतिआवश्यक देखिएको छ,’ महासंघका महासचिव रोशन दाहालले भने, ‘निर्माण गर्न नसके व्यवसायीको लगानी डुब्ने खतरासमेत रहेको छ ।’