मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०१:५५:००
Read Time : < 1 मिनेट
अर्थ

कामना र गुराँसबीच बैंकास्योरेन्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०१:५५:००

कामना सेवा विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले मुलुकभर रहेका ६३ वटै शाखाबाट सहज रूपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरे ।