मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७६ चैत २४ सोमबार १८:४८:००
Read Time : < 1 मिनेट
विश्व

लिबियाका पूर्वप्रधानमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २४ सोमबार १८:४८:००

लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको इजिप्टको राजधानी कायरोमा मृत्यु भएको हो । 

भाइरस संक्रमणको पुष्टि भएको एक दिनपछि शनिबार राति उनको मृत्यु भएको बताइएको छ । लिबियाका अधिकारीले आइतबार मात्रै उनको मृत्यु भएको पुष्टि गरेका थिए । 

जिब्रिल सन् २०१२ मा गठन भएको लिबियन लिबेरल गठबन्धनका प्रमुख नेता थिए ।