मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७६ चैत २४ सोमबार ११:५२:००
Read Time : > 1 मिनेट
विश्व

इटाली र फ्रान्समा मृत्यु हुनेको संख्या घट्यो 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत २४ सोमबार ११:५२:००

इटाली र फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । इटालीमा दुई साता र फ्रान्समा एक सातायताकै कमी आएको हो । 

इटालीको नागरिक सुरक्षा सेवाका अनुसार २४ घन्टामा इटालीमा मृत्यु हुनेको संख्या पाँच सय २५ रहेको छ । मार्च १९ मा एकैदिन चार सय २७ को मृत्यु भएको थियो, त्यसपछि ह्वात्तै बढेर दुई सातासम्म इटालीमा दैनिक मृत्यु एक हजारसम्म पुगेको थियो । त्यसयता पहिलोपटक यति थोरै संख्यामा मृत्यु भएको हो । 

योसँगै मृत्यु हुनेको संख्या १५ हजार आठ सय ७७ पुगेको छ । एक लाख २८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार मात्रै नयाँ संक्रमितको संख्या चार हजार तीन सय १६ रहेको छ । 

संक्रमितको संख्यामा पनि बिस्तारै घट्दै गइरहेको छ । अहिलेसम्म इटालीमा २१ हजार आठ सय १५ जना संक्रमित निको भइसकेका छन् । इटालीको लम्बोर्डी क्षेत्र सबैभन्दा बढी प्रभावित छ 

फ्रान्स
फ्रान्समा २४ घन्टा तीन सय ५७ जनाको मृत्यु भएको छ । जुन यो साताभरिकै सबैभन्दा थोरै संख्या हो । फ्रान्समा अहिलेसम्म आठ हजार ७८ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच हजार आठ सय ८९ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ भने दुई हजार एक सय ८९ जना वृद्ध मानिसको घरमै मृत्यु भएको फ्रान्सेली सरकारले एक विज्ञप्ति जारी गरेर जनाएको छ । 

अहिलेसम्म २८ हजार आठ सय ९१ जना संक्रमित भएका छन् । ती सबै अस्पतालमा उपचाररत रहेकाे बताइएको छ । पछिल्लो २४ घन्टामा सात सय ४८ जना नयाँ संक्रमित भेटिएका थिए । 

इटालीमा गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या पनि दुई दिनदेखि लगातार घटिरहेको छ ।